दफा १०
दाना पदार्थको गुणस्तर तोक्ने अधिकार

कुनै दाना पदार्थमा कुनै पदार्थको गुणस्तर वा मात्रा कुन परिधि भित्रको हुनुपर्छ भन्ने कुराका सम्बन्धमा नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आदेश दिन सक्नेछ ।